बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै प्रकारका यातायात चल्ने

 २२ असार २०७८, मंगलवार  

काठमाडौं। काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गदै आजबाट लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको थियो।

सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन। आजैबाट सफा टेम्पो, निलो माइक्रो सहित सबै प्रकारका सार्वजनिक सवारी सञ्चालनमा आएका छन्। जोर बिजोर प्रणाली हटेसँगै अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छ।

यसअघि २५ सिट क्षमता भन्दा बढीका सवारी साधन मात्रै चोर बिजोरका आधारमा चलाउन गर्न दिइएको थियो। आगामी ३१ गतेसम्म जारी निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न भने पाइने छैन। स्कूल, कलेज सञ्चालनमाथिको प्रतिबन्ध भने कायमै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै