सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

प्रचण्ड र माकुने बीच भेटवार्ता, दुबैको कुरामा कस्तो छ रहस्य ?

 २२ असार २०७८, मंगलवार  

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो नेता नेपालको निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो।

माओवादी केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्केका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्‍वर पुगेका हुन्। दुवै नेताबीच अहिले छलफल जारी रहेको माओवादी प्रवक्‍ता नारायणकाजी श्रेष्‍ठले जानकारी दिए। उनकाअनुसार नेताहरूबीच पछिल्‍लो राजनीति घटनाक्रमका विषयमा छलफल भइरहेको छ।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस सकिएसँगै देशको राजनीतिक फेरि तातिएको छ। असार २८ गते विघटनसम्बन्धी रिटको अर्को पेशी तोकिएको छ। विघटनसम्बन्धी रिटको फैसला आउनुअघि नै नेकपा एमाले एकताका लागि कसरत भइरहेको छ। एकता कायम गर्न एमाले विवाद समाधान निम्ति गठित कार्यदल ब्युँताइएको छ।

सोमबार साँझ एक चरण छलफलपछि आज पुनः कार्यदलको बैठक बसिरहेको छ। एमाले एकताका लागि गठित कार्यदल ब्युँतिएर छलफल सकारात्मक दिशातिर उन्मुख भएको नेताहरुले बताइरहेका छन्। सिंहदरबारमा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक बसिरहदा नेपाल-प्रचण्डबीचको भेटघाटलाई चासोका साथ हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै