सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

जसपाको एकता जोगिने – ठाकुरले गल्ती स्वीकारे : महेन्द्र राय यादव

 २२ असार २०७८, मंगलवार  

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) का दुई समूहबिच विवाद समाधानमा सहमति हुन सकेन। निर्वाचन आयोगले मंगलबार अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई सहमतिका लागि बोलाएको थियो। तर, उनीहरूले मिल्न नसकिने बताएपछि विवाद समाधान हुन नसकेको हो। दुवै पक्षका नेताहरूले पार्टीमा एकसाथ रहन नसक्ने भन्दै कानूनअनुसार काम अघि बढाउन आयोगमा हस्ताक्षर गरेका फर्किएका छन्।

मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको जसपा नेता अनिल झाले बताए। नेताहरूले आयोगले राजनीतिक दल सम्बन्धी कानूनअनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनू समेत भनेका छन्।

तर, जसपाका अर्का नेता महेन्द्र राय यादवले भने महन्थ ठाकुर पक्ष आत्मालोचनासहित आए अझै पनि एकताको सम्भावना रहेको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जानु गल्ती थियो भनेर आत्मालोचना गर्दै विपक्षी पाँच दलीय गठबन्धनमा सहभागी भए एकता सम्भव रहेको बताए।

यादवले ठाकुरले कार्यकारिणी समितिमा थपेका २० जनाको नाम समेत फिर्ता लिनुपर्ने बताए। जसपा भित्र एक अर्कालाई कारबाही गर्नेसम्मका गतिविधि भएका थिए। छुट्टाछुट्टै गतिविधि गरिरहेका जसपाका दुवै पक्षले आधिकारिता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसैका आधारमा आयोगले छलफलका लागि दुवै पक्षलाई बोलाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै