घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

एमालेको एकता कार्यदलको बैठक आज तेस्रो दिन, विवाद समाधान माथि छलफल

 २३ असार २०७८, बुधबार  

काठमाडौं। नेकपा एमालेको एकता कार्यदलको बैठक आज तेस्रो दिन पनि जारी रहेन भएको छ। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको सिंहदरबारमा बस्ने बैठकमा विवाद समाधानका उपायमाथि छलफल हुने जनाइएको छ। लगातार दुई दिनदेखि छलफलमा रहेका कार्यदलका सदस्यहरुले सहमति नजिक पुगेको प्रतिक्रिया दिएका छन्।

नेता भीम रावलका अनुसार पार्टीभित्रका विवाद अनि समस्याहरू पहिचान भइसकेकाले अब निकासमा केन्द्रित रहेर छलफल हुने छ। हिजो कार्यदल बैठक निचोडविहीन बनेको थियो। कार्यदल सदस्य गोकर्ण विष्टले हिजोको बैठकमा विवादका विषयहरूमाथि छलफल गरिए पनि कुनै सहमति नभएको बताए। आज बस्ने बैठकमा पार्टीलाई एकताबद्ध बनाउन थप छलफल हुने उनको भनाइ छ।

यसअघि सोमबार सिंहदरबारमा करिब दुई घण्टा छलफल गरेका कार्यदल सदस्यहरू पार्टीको आन्तरिक समस्यालाई निचोडमा पुर्‍याउन एकमत देखिएका थिए। तर, अहिलेसम्म एमाले विवाद भने ज्युँका त्युँ देखिएको छ। कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य छन्।

ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने खनाल-नेपालका तर्फबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै