बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश-२ सहित देशभर भारी वर्षा : ठूला तथा साना नदीमा जल सतह बढ्यो

 २४ असार २०७८, बिहीबार  

काठमाडौं। आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सामान्यदेखि पूर्ण बदली भएर प्रदेश-२ लगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ।

यस्तै अविरल वर्षासँगै फेरि बाढीपहिरोको घटना बढेका छन्। बुधबारबाट भारी वर्षा हुन थालेपछि ठूला तथा साना नदीमा जल सतह बढेको छ भने पहाडी क्षेत्रमा पहिरो खस्न थालेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाब उल्लेख्य बढ्ने छ।

’केहीमा सतर्कता तह पार गर्न सक्ने, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाब उल्लेख्य बढ्ने र यिनका केही स–सना सहायक नदीहरुमा आकस्मिक वहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा उच्च सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै