बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

लोकतन्त्र रक्षाका लागि संसद पुन:स्थापना अनिवार्य सर्त : रामकुमारी झाँक्री

 २४ असार २०७८, बिहीबार  

काठमाडौं। नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले लोकतन्त्र रक्षाका लागि संसद पुन:स्थापना अनिवार्य सर्त भएको बताएकी छन्। पार्टीको विवाद समाधान तर्फ उन्मुख रहेको र कार्यदल सहमति नजिक पुगेको दाबी गरेका बेला नेता झाँक्रीले सामाजिक सञ्जाल मार्फत यस्तो भनेकी हुन्।

उनले लेखेकी छन्, ‘लोकतन्त्रको रक्षा र संविधानलाई क्रियाशील बनाउन संसद्को पुन:स्थापना एउटा अनिवार्य सर्त हो।’ झाँक्रीले लोकतन्त्रको रक्षा र संविधानलाई क्रियाशील बनाउन एउटा प्रक्रियाको थालनी गरेकोले कसैको अघि झुक्न नहुने बताएकी छन्। सर्वोच्च अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी नै रहेको उनको भनाइ छ।

पार्टीको विवाद समाधानतर्फ उन्मुख रहेको भनिएको बेला झाक्रीले जालझेलमा नपर्न पनि नेताहरुलाई सुल्झाएकी छन्। ‘हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौं। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुँदैन,’ उनले भनेकी छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै