सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

रौतहटको चन्द्रपुरमा झडप, सातवटा मोटरसाइकलमा आगजनी

 २५ असार २०७८, शुक्रबार  

 

सरताज आलम

रौतहट अषाढ २५। रौतहटको चन्द्रपुरमा गएराती दुई समूहबीच झडप भएको छ। झडपमा १० जना घाइते भएका छन् ।केही घर र सातवटा मोटरसाइकलमा आगजनी भएको छ ।

झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् । उनीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज कोइरालाले बताए ।

कोइरालाका अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो ।

सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । सातवटा मोटरसाइकलमा आगजनी पनि भएको छ ।

सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै