बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

खानकै अगाडि कैफलाई जब कौशलले गरे बिहेको प्रस्ताव, बलिउडमा हलचल

 २५ असार २०७८, शुक्रबार  

कट्रिना कैफलाई सलमान खानको नजिकको साथीको रूपमा चिनिन्छ। करिब सात वर्ष लामो समय एकअर्कालाई डेट गरेपछि यी दुई कलाकार अहिले मिल्ने साथी भएका छन्।

‘मैने प्यार क्यू किया’, ‘एक था टाइगर’, ‘भारत’ गरेर सातवटा फिल्ममा सँगै अभिनय गरेका सलमान र कट्रिनाको जोडी दर्शकले धेरै रूचाएका छन्। अहिले पनि बलिउडमा सलमान र कट्रिना बिचको सम्बन्धलाई लिएर कयौँ हल्ला चलिरहेको हुन्छ।

हाल कसैसँग सम्बन्धमा नरहेका यी दुई साथी मात्रै हुन् वा होइनन् कसैलाई थाहा छैन। तर जब कुनै कार्यक्रममा सलमानलाई कट्रिनाबारे प्रश्न सोधिन्छ उनको हाउभाउ परिवर्तन भएको देखिन्छ।

एकपटक अभिनेता विक्की कौशलले भने कट्रिना कैफलाई सलमान खानकै अगाडि बिहेको प्रस्ताव राखेका थिए। केही वर्ष अघि एक कार्यक्रममा विक्कीले ‘मुजसे सादी करोगी’ गीत गाएर कट्रिनालाई प्रोपोज गरेका हुन्। कार्यक्रममा सलमान खान पनि उपस्थित थिए।

सन् २००४ मा रिलिज भएको ‘मुजसे सादी करोगी’ गीतमा सलमान खानको अभिनय थियो। यही गीत विक्कीले सलमानकै अगाडि कट्रिनाको लागि गाएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

विक्कीले कट्रिनालाई बिहेको प्रस्ताव राखेको भिडियो केही दिन यता सामाजिक सञ्जालमा देखिन थालेपछि चर्चामा आएको हो। भिडियोमा विक्कीले कट्रिनालाई उनीजस्तै मान्छे खोजेर बिहे गर्न सुझाव दिन्छन्। त्यस लगतै गीत गाएर बिहेको प्रस्ताव राख्छन्।

विक्कीले देखाएको यो हिम्मतपछि सबैको ध्यान सलमान खानतिर जान्छ। सलमान भने केवल मुसुमुसु हाँसिरहन्छन्। केहीबेर उनले रमाइलोको लागि बेहोस भएको अभिनय पनि गरेका थिए।

यता कट्रिनाले भने विक्कीसँग बिहे गर्न हिम्मत नभएको बताएकी थिइन्। कट्रिनाको यस्तो जवाफ सुनेपछि सलमान ढुक्क भएजस्तो देखिन्थे।

यस कार्यक्रमपछि कट्रिना र विक्की मिडियाको आर्कषणमा पर्न थालेका छन्। पछिल्ला केही समय सँगै देखिरहेका यी दुई डेट गरिरहेको हुनसक्ने हल्ला छ।

गत महिना अभिनेता हर्स वरदान कपुरले एक अन्तर्वार्ताको क्रममा कट्रिना र विक्की डेट गरिरहेको खुलासा गरेका थिए। यो अन्तर्वार्तापछि कट्रिना हर्स वरदान कपुरसँग निराश भएको कुरा पनि चर्चामा आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै