सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

जानकी टेलिभिजनमा कार्यरत महिला पत्रकार माथि एक समुहद्वारा प्रहार

 २५ असार २०७८, शुक्रबार  

जनकपुधाम  । कलाकार एव  पत्रकार पुजा जनकपुरवाली माथी एक समुहद्वारा बियरको बोतल प्रहार ।

जनकपुरधामको टेलिभिजन एन्कर तथा सञ्चारकर्मी पुजा पासवान जनकपुरवाली माथी संघातिक आक्रमण भएको छ । जानकी टेलिभिजनमा कार्यरत उनको जितेन्द्र पासवान भन्ने व्यक्तिको समुहले जनकपुरधाम उपमहानगरपालिका वडा नं . ८ वडा कार्यालय नजिक बियरको बोतल प्रहार गर्दै आक्रमण गरेको उनले बताइन ।

पुजाको अनुसार आरोपितले उनलाई छ महिना देखि आफुसंग सम्पर्कमा आउन दबाब दिइरहेकोमा नमानेपछि उनमाथी आक्रमण गरिएको हो । जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचारार्थ पुजाको मुख र टाउको चोट लागेको छ । समुहमा जयशंकर चौधरी नामको व्यक्ति समेत रहेको उनले बताइन ।

छ महिना अघि देखि उनीहरुको समुहले आफुलाई मानसिक टर्चर दिइरहेको आफुसंग भेटन घुम्न दबाब दिदै दुवर््यवहार गर्ने गरेको बताउदै उनले जिल्ला प्रहरी कार्यालय महोतरीमा आफुले यस अघि निवेदन पनि दिएको बताइन् ।

केहि समय त म महोतरीको भंगहा नगरपालिका वडा नं . ८ स्थित घरमै बसे, पुजाले भनिन, ‘त्यहाँ पनि राती १, २ बजे समुहमै बाइकमा आएर डराउने धम्काउने काम भएपछि परिवारलाई पनि दुःख हुन्छ भनेर म पुनः जनकपुर फर्किएकी हुँ ।’ कलाकार समेत रहेकी उनले सुरक्षाको मांग गरेकी छन् । मधेशटप

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै