बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रौतहटमा पैनीमा डुबेर ३ बर्षिय बालिकाको मृत्यु

 २५ असार २०७८, शुक्रबार  

सरताज आलम, असार २५ गते।

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा बस्ने रुपेश चौधरीको ३ बर्षिय छोरी अनुष्का चौधरीको पैनीमा डुबेर मृत्यु भएको छ ।

शुक्रबार दुधिअवामा आफ्नै घर नजिक रहेको ठुलो पैनीमा पौडी खेल्न जादा पानीले बगाएर मृत्यु भएका स्थानिय रञ्जन खरेलले बताउनु भयो ।

पौडी खेल्न गएका अनुष्का लामो समयसम्म घर नफर्किएपछि बुवा रुपेश चौधरीले खोजी गर्ने क्रममा सोही पैनीको घाटबाट ४०० मिटर दुरीमा मृत अवस्थामा फेला परेको खरेलले बताउनु भयो । अनुष्का एक्लै सो पैनीमा पौडी खेल्न गएकी छिन् । मृतक बालिकाको बुवा र आमा दुबैजना खेत रोप्न गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै