सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

नजिक भयो कार्यदलको सहमति, विवाद समाधान यसरी हुदैछ सार्वजनिक

 २६ असार २०७८, शनिबार  

काठमाडौं ।  नेकपा एमालेको विवाद समाधानका लागि १० दिनदेखि लगातार छलफलमा रहेको कार्यदलको सहमति नजिक पुगेको दावी गर्दै आएको छ।

 

नेकपा एमालेको विवाद समाधानका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।  आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने जनाएको छ।

 

ओली र नेपालबीच बुधबार साँझ भएको छलफलमा ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए। नेपालले हस्ताक्षर फिर्ता र अदालतमा प्रभाव पार्ने निर्णय मान्य नहुने, विवाद निरुपणका लागि अदालती प्रकरणलाई सर्त बनाउन नपाइने बताएका थिए। पार्टीभित्रको कोर्स करेक्सन गर्नुपर्ने आवश्यकता रहेको र यस विषयमा ओलीले ठोस प्रस्ताव ल्याउनुपर्ने भन्दै नेपाल बाहिरिएका थिए।त्यसबीचमा कार्यदलमा रहेका नेताले जेठ २ मा पार्टी संरचना फर्काउन कार्यदलमा सहमति भैसकेको जानकारी दिएका थिए।

 

त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्त रुप पाउने कार्यदलका सदस्यहरुले जनाएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै