बाढीबाट क्षतिग्रस्त विभिन्न ठाउँको निरीक्षण गर्न आज प्रधानमंत्री ओली सिन्धुपाल्चोक जाँदै
रौतहट, सरताज आलम
आषाढ २६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको विभिन्न ठाउँको निरीक्षण गर्न आज त्यसतर्फ जाँदैछन्। बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्ती निरीक्षण गर्न प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जान लागेका हुन्।
उनी बिहान १० बजे त्यसतर्फ जानु भएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहने उनले बताए। ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु–याएको क्षतिको साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन्। प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।