बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

चुनढुङ्गा पहिरोले घरहरु बगायो र पहिरोमा परी तीन जनाको मृत्यु

 २६ असार २०७८, शनिबार  

पाल्पामा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। तिनाउँ गाउँपालिका–५ गिट्टीखानीको पहिरोमा घाइते भएर उपचार गराइरहेकी ७५ वर्षीय सुन्दरी गुरुङको मृत्यु भएको छ।

बुधबार बिहान पहिरोमा पुरिएर गम्भीर घाइते भएकी गुरुङको शुक्रबार राति लुम्बिनी मेडकिल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त पहिरोमा पुरिएर बुधवार ४ वर्षीय आरोप परियार र ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको थियो।

पहिरोले दुई घर बगाएको छ भने तीन घर पुरिएका छन्। पहिरोमा परी घाइते भएका २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परयिार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दलीबहादुर राना र दिपेश पुनको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ।

चुनढुङ्गा खानीबाट खसेको लेदा सहितको पहिरोले राजमार्ग क्षेत्रका घरहरु बगाएको हो। पहिरोमा विस्थापित भएका घरपरिवारका सदस्यलाई नजिकैको कल्याणी आधारभूत विद्यालयमा राखिएको छ। पहिरोका कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै