रौतहटको देवाही गोनाही नगरपालिकाबाट बलात्कारको आरोपमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ
सरताज आलम , आषाढ २६ गते शनिबार।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नम्बर ७ उचिडि टोलका स्थानीय कांग्रेसका नेता समेत रहेका ५० बर्षिय नागेश्वर कुस्वाहालाई जबरजस्ति करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घर नजिकैका छिमेकी एक बिवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भण्डारीले बताउनु भयो ।
पक्राउ परेका कुस्वाहालाई जबर्जस्ति करणी सम्बन्धि मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको डिएसपी भण्डारीले बताउनु भयो । ३ दिन अघि मात्र कुश्वाहाले २७ बर्षिया महिलालाई घरायसी प्रयोगको सामान खरिद गराई दिने भनी मोटरसाइकलमा गरुडा बजार लगेका थिए ।
गरुडा बजारको पुर्व गरुडाको वडा नम्बर ५ झांझ नदि किनार खरौरीमा लगेर आरोपी नागेश्वर कुश्वाहाले जबर्जस्ती करणी गरेको पीडित महिलाले मौखिक उजुरी दिएका थिए ।