बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

श्री किसान माध्यमिक विद्यालयका छात्राहरूलाई नगर प्रमुखद्वारा साइकल वितरण

 २७ असार २०७८, आईतवार  

रौतहट ।  राजपुर नगरपालिका स्थित रहेको श्री किसान माध्यमिक विद्यालयका छात्राहरूलाई नगर प्रमुखद्वारा आज साइकल वितरण गरिएको छ ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत राजपुर न.पा.३ बलुवा, रौतहटमा नगरप्रमुख  मो. सकिल अखतरले विद्यालयका छात्राहरूलाई साईकल वितरण गरेको हो |
कक्षा ८ मा अध्ययनरत ३० जना छात्राहरूले साइकल पाएका छन् ।  विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै नगरप्रमुखले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै