बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

“नापी कार्यालयमे करेंगे दारु पार्टी” भयो सार्वजनिक प्रमुखसहित एल्चाबेल्चा

 २७ असार २०७८, आईतवार  

शनिबारको दिन प्रदेश नम्बर २ मा पर्ने एक नापी कार्यालयमा कार्यालय प्रमुखले अफिसभित्रै दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

प्रदेश नम्बर २ को सिरहा जिल्ला लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ । असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) कार्यालयभित्रै मदिरा पार्टी गरेको हो ।

 

सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रमुख नै आफ्नो कार्यालयमै दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै