बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ग्राहकले विद्युतीय भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाउने : एनएमबि बैंक

 २७ असार २०७८, आईतवार  

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गर्दा क्यासब्याकको अवसर पाउने भएका छन्।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुले विद्युतीय माध्यमबाट सामान खरिद गर्दा क्यासब्याकको अवसर दिनका लागि समझदारी गरेको हो।एनएमबि बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५०० सम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको छ।

आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बैंकले जनाएको छ। यसैगरी छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।बैंकको हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै