घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

अब जसपा पार्टी नै खारेज हुने

 २७ असार २०७८, आईतवार  

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आइतबार अधिवक्ता राजकुमार थापाले रिट दर्ता गरेका हुन्।

दुई पार्टी मिलेर बनेको जसपाको एकता प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै थापाले रिट दायर गरेका हुन्।

सर्वोच्चमा दर्ता भएको यस रिटमाथि सुनुवाइका लागि बुधबारलाई पेशी तोकिएको छ। गत वर्ष बैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एक भई जसपा बनेको थियो।

सत्ता समीकरणका विषयमा पार्टी दुई खेमामा विभाजित भएपछि अहिले आधिकारिकताको विवाद निर्वाचन आयोगमा अड्किएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै