घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

हिंसा र हत्या : सुजिताको लास आधा गलिसकेको अवस्थामा शौचालय ट्यांकीमा भेट्यो

 २८ असार २०७८, सोमबार  

आइतबारको दिन महोत्तरीको लोहरपट्टि नगरपालिका –७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको लास शौचालयको ट्यांकीमा भेटिएको छ ।

 

गत जेठ १९ गतेबाट बेपत्ता भएकी सुजिताको हत्या गरेर निर्माणधिन शौचालयको ट्यांकीभित्र बोरामा प्याक गरेर गाडिएको अवस्थामा भेटिएको हो । प्रहरीले उत्खनन गरेर सुजिताको शव निकालेको हो ।

शव गाडिएको ठाउँ पत्ता लागेपछि शव निकाल्न शौचालयको झण्डै ५ फिटको ढलान ट्यांकी फुटाउनु परेको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताए। माइतीपक्षको उजुरीपछि महोत्तरी प्रहरी, संघीय इकाई प्रहरी कार्यालय जनकपुरधाम, प्रदेश प्रहरी कार्यालयको संयुक्त प्रहरी टोली खोजी गरिरहेको थियो ।  आधा गलिसकेको अवस्थामा फेला परेको सुजिताको शव माइतीपक्षले पहिचान गरेका थिए। उनले लगाएको लुगा र शारिरिक बनौटको आधारमा माइति पक्षले छोरीको शव पहिचान गरेका थिए।

 

संघिय इकाइ प्रहरी कार्यालयबाट डीएसपी छोदीलाल कामती, प्रदेश प्रहरी कार्यालयबाट डीएसपी ज्ञानकुमार महतोसहितको प्रहरी टोलीको अनुन्धानबाट शव गाडिएको स्थान पत्ता लागेको थियो ।  आइतबार बिहान करिब १ बजे सुजिताको शव गाडिएको स्थानबारे तथ्य आरोपितबाट खुलेको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर शव खोतल्न सुरु गरेका थिए।

 

सुजिता मारिनुअघि थुप्रै पटक शारिरिक, मानसिक हिँसाको सिकार भैसकेकी थिइन। ससुराली पक्षबाट कुटपिट उनका लागि समान्य बनिसकेको माइतीपक्षको भनाई छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै