बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एक युवतीको लास अर्धनग्न अवस्थामा फेला

 २८ असार २०७८, सोमबार  

सोमबार बिहान झापाको बिर्तामोडमा एक युवती मृत भेटिएकी छन् ।

 

अर्धनग्न अवस्थामा लास भेटिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको हो । पूर्व –पश्चिम राजमार्ग छेउमा रहेको सुगम पेट्रोल पम्म उत्तरपट्टि २५ वर्षीया युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

 

बिर्तामोडका डिएसपी सन्तोष आचार्यका अनुसार ‘घटनाको अनुसन्धान अहिले हुदैछ र घटना शंकास्पद छ ।   आफन्तको घरमा भाडामा आमासहित बस्दै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी हुन् । उनी बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै