बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

PCMC को प्रेस मिटिंग समापन, कोभिड-19 नियन्त्रण र व्यवस्थापनको पुर्णपाठ

 २८ असार २०७८, सोमबार  

धनुषा ।  महामारी नियन्त्रण र व्यवस्थापन समिति (PCMC) को प्रेस मिटिंग आज सफलतापुर्वक समापन भएको छ ।
सोमबार बिहान ९ बजे नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा PCMC ले कोभिड-19 को बेला सामाजिक कार्यमा गरेको योगदान, मेहनत र महामारी नियन्त्रणमा भएको खर्च बारे धनुषाका पत्रकारहरुलाई सो प्रेस मिटिंगमा सार्वजनिक गरेका हुन् ।
PCMC ले कोभिड-19 को नियन्त्रण र व्यवस्थापन कार्यक्रममा लाग्दा संग्रह रकम रु. ४,८७,०७० डोनरबाट पाएको छ । भने सो रकम धनुषाका विभिन्न नगरमा राहत, औषधी , कोरोना बिरामीलाई खाना, कोभिड अस्पतालमा बेड (ICU) र अक्सिजन पुर्ति, सेनेटाइजर, मास्क, एम्बुलेंस सेवा, रक्तदान इत्यादि कार्यक्रमको खर्च रकम रु. ४,४९,८३५ भएको छ । भने अहिले PCMC मा ब्यालेंस रकम रु. ३७२३५  रहेको छ ।
महामारी नियन्त्रण र व्यवस्थापन समितिले अब धनुषा जिल्लाको हरेक नगरमा कमिटी गठन गर्ने संस्थापक कैयुम राइनले बताएका छन् । उनले यस्तो कार्यक्रम ल्याउनुको उद्देश्य नेपालमा जुनसुकै बेला पनि विपद र महामारी आउने गरेको छ । यदि हामी युवाहरुले सचेत भयो भने आउदो दिनमा स्थानिय जनप्रतिनिधीमा समेत प्रभाव पार्ने छ । जसको कारण जुनसुकै महामारी आएपनि देशका ७५७ औं स्थानिय तहका जनप्रतिनिधीले महामारी विपदको बेला आ-आफ्नो स्थानियलाई सहयोग गरेर बचाउछन्” राइनले  बताए ।
यस्तै PCMC का वरिष्ठ सल्लाहकार एवं सहयोगी कृष्णचन्द्र प्रसाद साहले अभिव्यक्ति दिदै भने, “कोरोनाको दोस्रो लहरले नेपालीको जनस्वास्थ्ययमा गम्भीर असर पारेको छ । स्वास्थ्य सेवा, राहत, नि:शुल्क खानाको  व्यवस्था PCMC को प्राथमिकतामा नै छ । माहामारी संकटलाई अवसरका रूपमा  PCMC का सबै सद्स्य सबल रुपमा लिएर आफ्नो ज्यानमा खेल्दै जनताको आवस्यकता पुरा गरेको छ । स्थानिय जनप्रतिनिधीले गर्न नसकेको काम अध्यनरत विद्यार्थीहरुले गरेर हेराएकोमा धेरै खुशी लागेको छ। म PCMC लाई सहयोग जतिबेला नै गर्ने तयार रहेको साहले बताउनुभयो ।
PCMC ले कसरी कति खर्च गरेको र कस-कसले डोनेट गरेको यस्तो छ :

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै