सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य, संविधान मास्ने ओलीको खेल बन्द : दिपक यादव

 २८ असार २०७८, सोमबार  

धनुषा ।  सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्धतिको रक्षा गरेको नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला सचिव दिपक यादवले बताएका छन् ।

 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै फेसबुकमार्फत उनले सर्वोच्च अदालतको फैसलाको स्वागतयोग्य भएको प्रतिक्रिया दिएका हुन् ।  सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापित गरेको हो।

 

आज सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीको संविधान मास्ने खेलमा पनि सर्वोच्चले अंकुश लगाइदिएको यादवले बताए । उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु । प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै