बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सर्वोच्च अदालतको आदेश असहमत भए पनि अस्वीकार गर्न नमिल्ने : गगन थापा

 २८ असार २०७८, सोमबार  

नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलामा बाधा पुर्‍याउने काम कसैबाट हुन नहुने बताएका छन्। सोमबार सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गरेसँगै थापाले अदालतको आदेश मन नपरेमा असहमत भए पनि अस्वीकार गर्न भने नमिल्ने बताए।

साथै उनले सो आदेशलाई उत्तेजना, दम्भ र अहंकार बोकेर कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतेबाट नहोस् भनेका छन्।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन,’ उनले भनेका छन्, ‘उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै