सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

देशमा कानुनी  राज्य कायम रहेको अनुभुती नेपाली जनताले गर्यो : रक्की प्रसाद साह

 २८ असार २०७८, सोमबार  

धनुषा । सर्बोच्चको फैसलालाई  प्रतिक्रिया दिँदै सम्मानित सर्वोच्च अदालतले संविधानको रक्षा गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य रक्की प्रसाद साहले बताएका छन् ।
देशमा कानुनी  राज्य कायम रहेको अनुभुती नेपाली जनताले गरेका साहले बताए । उनले सर्वोचको फैसलालाई स्वाग्तयोग्य ठहराएका हुन् ।  अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्रको  रक्षा मात्र नगरी  देशमा प्रतिकमनकारिलाई साइजमा  लाएको विधार्थी नेता साहले बताए ।
साहले भने “यो फैसलाले जनतामा खुसियाली निम्ताउदै अग्रगमनका पक्षमा लाग्नेको जित हुने विश्वास बढाएको छ ।”  साथै उनले फेरि भने, अदालतको फैसलाले चित नबुझै अदालत जाओ – माइतीघर गएर हुँदैन “तिमी जसलाई बा  ….बा  भनेर सम्बोधन गर्दैछौ उ प्रतिगमनकारी रहेको कुरा आज  फेरि सर्बोच्च अदालतले प्रमाणित गरिसक्यो। अबको युवा पुस्तालाई  संविधान मिच्ने व्यक्तिको हुलमा नहिड्न आग्रह गरेको छ । सबै राजनीतिक पार्टीको आ-आफ्नो उदेश्य हुन्छ  , त्यस अनुकुल कार्य गर्ने पार्टीका नेता कार्यकर्ताको धर्म हुन्छ तर संविधानलाई नमान्ने भनेर कुनै पनि  उदेश्य हुदैन  तसर्थ  आजै बेलुका  आत्मसमिक्षा गर्दै युवा विधार्थी नेताहरुलाइ संविधानको मर्म  बुझैर अगाडि बढन आग्रह गरेको छ ।
साहले भने  प्रतिगमनकारी प्रास्त भएको छ अब अर्को प्रतिगमनकारिले आफ्नो कार्यशैली  नसच्चयाए राष्ट्रपतिलाई नि साइजमा लाउने अभियान छिट्टै संचालन हुनसक्छ । देशव्यापी विधार्थी संगठनले गरेको आन्दोलनको सफलता रहेको बताए । संयुक्त विधार्थि संगठनको तर्फबाट सर्बोच्च अदालतलाई  धन्यवाद व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै