नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा कस्तो भयो निर्णय ?
न्युज डेस्क
२९ असार २०७८, मंगलवार
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ। आजको बैठकले नयाँ सरकार गठनमा सहयोग गर्ने र मन्त्रिपरिषद् गठनमा सहयोग गर्ने निर्णय गरेको छ।
देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ। पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो।
पहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद्का बारेमा कुरा हुने माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठले भने, ‘आज अध्यक्षले शेरबहादुर देउवाले छलफल गरेपछि मात्रै नै हुनेछ। अहिले नामको बारेमा आज छलफल भएन। को को जाने भन्ने विषयमा छलफल हुनेछ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै