बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

 २९ असार २०७८, मंगलवार  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको भए पनि समय तय नभइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् । नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ। तर बैठक बस्ने नबस्ने अहिलेसम्म एकिन भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै