बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

कोडिभ वार्डमा आगलागी, ४० जनाको मृत्यु

 २९ असार २०७८, मंगलवार  

एजेन्सी ।  इराकको एक अस्पतालको कोरोना भाइरसका संक्रमित उपचार हुने वार्डमा आगलागी हुँदा ४० जनाको मृत्यु गएको छ ।

दक्षिणी शहर नासिरियामा रहेको अल–हुशैन अस्पतालको कोडिभ वार्डमा आगलागी भएको हो । सोमबार बिहानदेखि लागेको आगो राति अबेर मात्रै नियन्त्रणमा आएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भीक अनुसन्धानले अक्सिजन ट्यांक बिस्फोट भएर आगलागी भएको अनुमान गरेको छ । उद्धारकर्मीहरुले उद्धार तथा खोजीको काम जारी राखेका छन् । कोभिड वार्डमा अझै पनि केही मानिसहरु फसेको हुन सक्ने आशंका छ ।

आगलागी भएको वार्डमा ६० जनाको क्षमता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै