बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

 २९ असार २०७८, मंगलवार  

धादिङ ।  ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ । बाबुको उपचारको क्रममा काठमाडौस्थित ट्रमा सेन्टर र छोराको घटनास्थलमा मृत्यु भएको हो ।

 

धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा न. ६ महादेवबेशीमा नौबिसेदेखि मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको बिदुर नगरपालिका वडा न १३ का ३५ वर्षीय नारायण शिवभक्ती र उनका छोरा १० वर्षीय आर्यन शिवभक्तीको मृत्यु भएको प्रहरिले जानकारी दिए ।

 

दुर्घटनामा मोटरसाइकलका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका २० वर्षीय जीवन घर्ती घाइते छन्। घाइतेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ।  मोटरसाइकललाई ठक्कर दिई फरार रहेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै