जनताको जनादेशले होइन अदालतको परमादेशका कारण बिदा लिँदैछु : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन्। राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला गरेको थियो।
‘यो नै अन्तिम विदाइ पनि होइन । जनताको जनादेशले नभइ अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु,’ उनले भने, ‘जनादेश मेरो पक्षमा थियो अदालतको परमादेश देउवाजीको पक्षमा गयो।’ उनले सरकारबाट बाहिरिनुपर्दा आफूलाई कुनै अप्ठेरो र कुनै पछुतो नलागेको बताए।
उनले आफूले देश र जनताको हितका लागि काम गरेको कारण अहिले सरकारबाट बाहिरिनुपर्दा पनि कुनै दुःख नलागेको बताए। आफ्नो नेतृत्वमा जनताले विकास र राहतको महसुस गरेको बताए। ‘मेरो नेतृत्वमा देशले चौतर्फी ढंगले जनताले विकास र राहत महसुश गरेका छन्,’ उनले भने, ‘त्यसैले मलाई चिन्ता छैन।’