सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

निर्वाचन आयोगले फैसला गरेपछि मात्र सरकारमा जाने उपेन्द्र यादव पक्षको भनाई

 ३० असार २०७८, बुधबार  

जनता समाजवादी पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले फैसला गरेपछि मात्र सरकारमा जाने उपेन्द्र यादव पक्षको भनाई छ । आयोगले यस विषयमा टुंगो लगाउन इजलाससमेत गठन गरेको छ।  आउदो साउन ३ गते इजलासले यस विषयमा छलफल गर्ने भएको छ ।

 

सरकारमा जाने विषयमा उपेन्द्र यादव पक्षले मंगलबार पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बोलाएको थियो । उक्त बैठकले निर्वाचन आयोगको फैसला पछि मात्र सरकारमा जाने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य महेन्द्र यादवले बताए । अहिले आफूहरू सरकारमा नगए पनि सरकारलाई सहयोग र समर्थन गर्ने उनको भनाइ छ ।  स्रोतका अनुसार अध्यक्ष यादवले यसपटक आफू सरकारमा नजाने आफूनिकटसँग बताएका छन्।

 

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दियो भने ठाकुर पक्षका केही सांसदहरूले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा आउने यादव पक्षका नेताहरूको बुझाइ छ । स्रोतका अनुसार ठाकुर पक्षबाट प्रमोद साह, रानीमण्डल तथा अमृता अग्रहरिलगायतकाले यादव पक्षमा जान चासो देखाएका छन्।  स्रोतका अनुसार उपेन्द्र यादव पक्षबाट महेन्द्र यादव र इस्तिायक राईले ठाकुर पक्षका केही सासदहरूसँग छलफल र कुराकानी अघि बढाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै