सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

यसरी भयो माधव नेपालको जित

 ३० असार २०७८, बुधबार  

काठमाडौं ।  वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उनी पक्षीय सदस्यहरुको दावी छ ।

त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ। तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे। उनको शर्त थियो ०७५ जेठ २ मा पुग्ने।

१० बुँदेले त्यहाँ पु–यायो। हस्ताक्षर फिर्ता नलिने कुरा थियो, लिनु भएन। जेठ २ को बैठक बस्ने भनेका थिए र त्यो बैठकले पूर्वमाओवादीलाई ल्याउने कुरा थियो।

१० बुँदेभित्र केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य थप गर्नेमात्र भाषा छ। तर, छलफलमा आएको कुरा हो, ती १० प्रतिशतमा धेरैजसो माधव पक्षीय हुने। यो समाचार जनआस्था साप्ताहिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै