बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

छोरी जन्मिनेवित्तिकै ब्लांकेटले घाँटी थिचेर हत्या गर्ने परिवारै पक्राउ

 ३० असार २०७८, बुधबार  

मोरङ ।   नवजात शिशुलाई घाँटी थिचेर मदिरा पसलभित्र खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको छ ।  शिशुको जन्म भएपछि घाँटी थिचेर हत्या गर्नेमा परिवार पक्राउ भएको छ ।

कसरी भयो हत्या  ?   

शिशुको हत्या संगलग्नमा आरोपित जन्म दिने महिला, उनकी आमा, बुवा र लोग्ने पक्राउ परेका छन् । गत आइतबार राति साढे ८ बजे छोरीलाई जन्म दिएकी थिइन्। छोरी जन्मिएपछि उनले आफ्ना आमाबुवाले सञ्चालन गर्दै आएको रंगेली-५ स्थित चाँदनी चोकमा रहेको पसलभित्र खाल्डो खनेर गाडेकी थिइन् । घटना थाहा पाएलगत्तै प्रहरी टोली सोमबार घटनास्थल पुगेर शिशुको शव खाल्डोबाट उधिनेर निकालेको थियो ।

 

प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमध्ये शिशुकी आमा २५ वर्षीया खुश्बु मण्डल हुन् ।  उनका ५० वर्षीय बुवा नागेश्वर मण्डल, उनकी ४८ वर्षीया आमा उर्मिला मण्डल र श्रीमान् २८ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको छ ।

 

खुश्बुले गैरकानुनी रूपमा गर्भधारण गरेको र शिशु जन्मिएपछि परिवारको योजनामा हत्या गरी खाल्डो खनेर गाडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जन्मिनेवित्तिकै उनले ब्लांकेटले घाँटी थिचेर हत्या गरेकी थिइन् । हत्यापछि आफ्ना बुवाआमाले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेकी थिइन्। सो कार्यमा उनका श्रीमान् र आमाबुवाले सहयोग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै