सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

१४ वर्षअघि घरमै ३ जना मिलेर हत्या गर्ने फरार मध्ये एक अभियुक्त पक्राउ

 ३१ असार २०७८, बिहीबार  

पाणिनी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले १४ वर्षपछि पक्राउ गरेको छ ।

 

गत २०६४ सालमा मृतक सुर्यवंशीको घरमै ३ जना मिलेर हत्या गरेको थियो । हत्यामा संलग्न मध्ये अन्य दुईजना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभएको छ । अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको र अन्य फरारहरुको खोजतलास भइ रहेको पनि प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै