बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

औषधि सेवन गरिरहने व्यक्तिले कोरोना खोप लगाएमा गम्भीर एलर्जी देख्यो

 ३१ असार २०७८, बिहीबार  

देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ ।

केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।

खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नुभयो अरू केही सोध्नुभएन अनि लगाइहाले ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्तिले खोप लगाउन मिल्दैन । यस्तै, यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएको व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्दैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति, .हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल खोप लगाउन मिल्दैन ।

कोभिड–१९ का लागि मोनोक्लोनल एन्टिबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिनपछि खोप लगाउन मिल्ने केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।

 

यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै