बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मधेशको लोकप्रिय गायक विष्णु राजवंशी कामायनी मुम्बईद्वारा सम्मानित

 ३१ असार २०७८, बिहीबार  

मोरङ ।  जहदा गाउँपालिकामा सामाजिक कार्य गर्दै आइरहेको सामाजिक अभियन्ता गीतकार, गायक विष्णु राजवंशीले जीवन बचाऔं अभियान सञ्चालन गरी कयौं दर्जनौ परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
अघिल्लो वर्षको लकडाउन सुरु भए देखि गायक सङ्गीतकार विष्णु राजवंशी राहत सामाग्री वितरण गरेको थियो अतिविपन्न परिवारहरू लाई र यस पटक पनि जहदा गाउँपालिका, बिराटनगर महानगरपालिका, लगायत अन्य टसेका गाउँ पालिका राहत वितरण गरिएको थियो।
जीवन बचाऔं अभियान सञ्चालन गरि सहयोग उपलब्ध गराई विपन्न परिवारहरूलाई राहत वितरण गरेको छ। कोरोना महामारीको वेला नेपाल सरकारले लगाएको निषेधाज्ञाको कारण मजदुरी गर्न समेत नपाएको विपन्न परिवारलाई खाद्य्यान सामग्री उपलब्ध गराउने उदेश्यका साथ नेपाल सरकारले लामो समय देखि लगाएको निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्न नसकेका कारण कोरोना कहरको दोस्रो लहरको चपेटामा परेका गरिव तथा अति विपन्न परिवारहरुलाई दैनिकी हात मुख जोड्न समस्या भएपछि ती परिवारलाई ‘जीवन बचाऔं’ अभियान निरन्तर खाध्यान्न समाग्री उपलब्ध गराई रहेको छ ।
त्यसै लाई मध्यनजर गर्दै मुम्बई बाट भारतीय संचार कर्मी बरिष्ठ पत्रकार तथा in24news टेलिभिजनका chief editor आविनेन्द्र आशुतोष ले गायक सङ्गीतकार विष्णु राजवंशी लाई समाजिक कार्यमा अग्रसर सक्रियता, मेहनत लगनशीलता को मनन् गरि कामायनी मुम्बई ले गायक विष्णु राजवंशी लाई सम्मान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै