महोत्तरी युवा संजालको पहलमा महोत्तरीको गौशालामा वृक्षारोपन
महोत्तरी चुरे हामी सबैको सम्पत्ति हो । चुरे बिनास भयो भने तराई मधेस विनास हुन्छ । चुरे तराई मधेसको जग हो। चुरे संरक्षण का निम्ति विभिन्न संघ संस्थाहरुले चुरे बचाउ अभियान लगायत चुरे संरक्षण का लागि वृक्षारोपन कार्यक्रमहरु गर्दै आएको छ। यसै सन्दर्भमा प्रदेश नं-२ को महोत्तरी युवा संजालले चुरे संरक्षण का निम्ति वृक्षारोपन गरेको हो।
महोत्तरी युवा संजाल वातावरणको क्षेत्रमा विगतको दिनदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । वातावरण शिक्षा तथा पर्यावरण संरक्षणको लागि युवा अभियानी द्वारा संचालनमा ल्याईएको वृक्षारोपन कार्यक्रम अन्तर्गत महोत्तरीका विभिन्न स्थानहरुमा वातावरण संरक्षणको उदेश्यले बोट बिरुवा बाडने, लगाउने र वातावारण संग सम्बन्धित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
यसै अभियानलाई निरंतरता दिदै महोत्तरीको गौशला नगरपालिका वार्ड नं- ४ मा महोतरी युवा संजाल र डिभिजन वन कार्यलय महोत्तरीको सहयोगमा बृक्षारोपन कार्यक्रम गरिएको हो। हुलाकी सडक लगायत मुख्य सडकको किनारमा बृक्षारोपण कार्यक्रम “स्वक्ष हावा पानी र वातावरणका लागि बृक्षारोपण गरौ” नारा का साथ डिभिजन वन कार्यलय को आयोजना र श्री टुटेश्वर युवा क्लबको समन्वय तथा महोत्तरी युवा संजालको सहयोगमा मिति २०७८/०३/३० गत्ते बुधबारको दिन ” टुटेश्वर युवा क्लबको अध्यक्ष’ होम योन्जान'”को अध्यक्षता तथा महोत्तरी युवा सन्जालको सचिब राजु कुमार महतो को प्रमुख अथितित्वमा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका स्थित टुटेश्वोरमा बृक्षारोपण कार्यक्रम सु-सम्पन्न भएको छ।
कार्यक्रममा ४५० वटा विभिन्न किसिमका बिरुवा रोपिएको थियो । आज पनि यस कार्यक्रमलाई निरन्तरता दिदै 300 बिरुवा रोप्ने कर्यक्रम रहेको बारे सन्जालको गौशला कार्यसमितिको संयोजक राजिब साहले जानकारी दिनु भयो। उक्त कार्यक्रम को उदघाटन संन्युक्त रुपमा सन्जाल,क्लब तथा स्थानिय बृद्ध आमाले बिरुवा रोपेर गर्नु भएको थियो। साथै कार्यक्रम सन्चालन सन्जालको कोषाध्यक्ष रविन्द्र महतोले गर्नु भएको थियो तथा सन्जालको सदस्य राजिब साह,बिजय महतो,महेश महतो,बिनोद महतोको विशेष उपस्थिती समेत रहेको कुरा संजालका कोषाध्यक्ष रविन्द्र महतोले जानकारी दिए।