बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रेडियो मधेशको स्टेसन म्यानेजरमा अधिकारी

 ३१ असार २०७८, बिहीबार  

जनकपुरधाम ।  रेडियो मधेशको स्टेशन म्यानेजरमा सौगात अधिकारी नियुक्त भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइल स्थित रहेको सामुदायिक रेडियो मधेश १०६.६ मेगाहर्जले रेडियोको स्टेसन म्यानेजरमा अधिकारीलाई नियुक्त गरिएको हो ।
को हुन् अधिकारी  ?  

विगत १० वर्षदेखि निरन्तर पत्रकारिताको क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरुवात गरेका थिए ।

उनी जनकपुरधामका करिब एक दर्जन भन्दा बढी संचार गृहमा काम गरिसकेको अधिकारीले बताउनुभयो । उनी बिभिन्न रेडियो, टेलिभीजन र पत्रपत्रिकामा १० वर्षदेखि काम गर्दै आएका हुन् ।उनको आधि पढाई काठमाडौँ को बुढानिलकण्ठ स्कुल मा भयो भने जनकपुर को सरसवती मा. बि. मा एस एल सी पुरा गरे। जनकपुर को सेन्ट्रल इञ्जिनियरिङ्ग बाट सिभिल इञ्जिनियरिङ्ग गर्दै छन् !

साथै रामस्वरूप रामसागर बहुमुखी क्यम्पस बाट बिबिएस किलियर गरेको उनले बताए । हाल उनी रेडियो मधेशको म्यानेजर बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै