बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सात वटै प्रदेशका ‘प्रदेश प्रमुख’ फेर्ने यस्तो छ तयारी

 २ श्रावण २०७८, शनिबार  

काठमाडौं। सरकारले सात वटै प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने र प्रदेश प्रमुखहरू हटाउने तयारी गरेका हुन्।

 

सात वटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरू छन्। सात वटा प्रदेशमा गठबन्धनका दलहरूसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका छन्। सात वटा प्रदेशमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाबाट २२ र जनता समाजवादी पार्टीबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी अघि बढाइएको स्रोतले जानकारी दिएको छ।

 

सम्भवतः आउँदो हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने स्रोतको भनाई छ। यसै गरी, ओली सरकारका पालामा भएका कतिपय नियुक्तिहरू खारेज वा नियुक्तलाई हटाउनेबारे समेत छलफल बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै