बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश २ सरकारका दुई मन्त्रीले दिए राजीनामा

 २ श्रावण २०७८, शनिबार  

काठमाडौं। प्रदेश २ सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन्।

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका मन्त्रीद्वयले आजै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसमक्ष स्वेच्छाले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। उनीहरूले प्रदेश २ मा माओवादी केन्द्रलाई सरकारमा भित्राउन राजीनामा दिएका हुन्।

मुख्यमन्त्री राउतले आज शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्रीको रूपमा प्रदेश सरकारमा सहभागी हुने भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै