सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

नेकपा एमालेले बोलायो सोमबार केन्द्रीय कमिटी बैठक

 २ श्रावण २०७८, शनिबार  

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङल जानकारी दिए।

केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए। त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ।

शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका थिए। तर उक्त वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे ।

शुक्रबार पनि स्थायी कमिटीको बैठक बसेको थियो। बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो। शुक्रबार नै संसदीय दलको बैठक पनि बसेको थियो। संसदीय दलको बैठकमा पनि माधव समूहका सांसदहरु अनुपस्थित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै