बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

शान्ति युवा क्लब द्वारा जनचेतना मुलक कार्यक्रम

 ३ श्रावण २०७८, आईतवार  

 

जुगेश दास सुनसरी । प्रदेश नम्बर -१ काे राजधानी बिराटनगरमा रहेकाे शान्ति युवा क्लब बिराटनगरले महिलामा हुने महीनाबारी, महिला हिंसा, दाइजो प्रथा, बाल बिबाह, किशोरी हुने समस्या लगायतका बारेमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरि घरदैलो अभियान थालनी गरेका छन् ।

सुनसरीमा पछिल्लो समय बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा विरुद्ध सडक नाटक, किशोरी हुने विभिन्न किसिमको समस्या तथा सांगीतिक कार्यक्रम सहितको सचेतना कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा क्लबले विभिन्न किसिमका सांगीतिक नाटकमार्फत स्थानीयबासीहरुलाई बाल बिबाह बहुबिबाह सम्बन्धि जनचेतनाहरु फैलाउने लक्ष्य रहेको छ ।

सोही क्रममा क्लबले शनिबार सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ को अमडुवा स्थितमा किशोरीमा हुने विभिन्न किसिमको समस्या र समाधान बारे, महिला हिंसा, बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध घरदैलो जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका साथै समुदायमा रहेको स्थानीय विपन्न परिवारका १० जना बालबालिकाको लागि उपयुक्त ठाँउमा निशुल्क पठनपाठन गराउने शान्ति युवा क्लबले जिम्मा लिएको संस्थाका अध्यक्ष बिपुल चाैधरीले बताउनुभयो।

कार्यक्रममा महिला हिंसा ,बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा महिला हिंसा विरूद्ध शान्ति युवा क्लब संस्था द्वारा कार्यक्रममा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा लैंगिक हिंसा सम्बन्धि कानूनी व्यवस्था बारे संस्थाका अध्यक्ष बिपुल चाैधरीले स्थानीयलाइ जानकारी गराएका थिए। उनले जनचेतनामुलक कार्यक्रममा स्थानीयबासीहरुलाई बाल बिबाह नगर्न नगराउन अनुरोध गर्ने गरिएको बताउदै यस्तो गरे कानुनी कारवाहीको बिषयमा पनि जानकारी गराउने गरेको बताउदै उनले भने ” यस्ता कार्यक्रमले समाजमा बालबिबाह तथा बहुबिबाह समबन्धि जनचेतना फैलाउने उद्देश्यका साथ क्लबले यो कार्यक्रम अगाडि ल्याएको प्रतिक्रिया दिनुभयो । उनले विभिन्न ठाउँमा सचेतना कार्यक्रमकै कारण कतिपय बाल विवाह पनि प्रहरीले सुचना पाएर रोक्न सफल पनि भएको जानकारी दिए।‘कार्यक्रम मार्फत बाल बिबाह गर्न गराउन समाजिक अपराध हो भनेर स्थानीयले थाहा पाउँछन्’, चाैधरीले भने, ‘त्यसले गर्दा प्रहरीलाई पनि समयमै सूचना पाइन्छ र बाल बिबाह पनि रोक्न सफल भइरहेका छन् ।’ त्यसैगरि महिनावारी हुँदा सरसफाइमा ध्यान दिन नसक्दा स्वास्थ्य समस्या हुनुका साथै संक्रमण भई ज्यानैसमेत जाने हुनाले महिनावारीमा विशेष ध्यान दिन किशोरीलाई विशेष गरी घरमा आमा, हजुरआमा, दिदी, भाउजुले महिनावारी के हो र कतिबेला हुन्छ भन्ने बारेमा सहजीकरण गर्नुपछ संस्थाका गरिमा साहले बताएका थिए ।

 

यसका साथै महिनावारीका बारेमा पाठ्यपुस्तकमा पनि समावेश गरी शिक्षक, शिक्षिकाले सहजीकरण गरी विद्यालयभित्रको शौचालय महिलामैत्री, स्यानोटरी प्याड सुरक्षित तरिकाले फेर्ने र फाल्ने ठाउँको समेत व्यवस्था हुनुपर्छ। यसका साथै शौचालयभित्रै पानीको व्यवस्थासमेत हुनु जरुरी भएको संस्थाका पुष्पा यादवले बताएका थिए । घरमा किशोरीलाई महिलाले मात्र होइन घरपरिवारका पुरुषले पनि महिनावारीका बारेमा जानकारी राखेर महिलालाई सघाउनुपर्छ भने विद्यालयमा शिक्षक शिक्षिकाले स्यानोटरी प्याड, अधिक दुखाइ हुने किशोरीलाई आराम कक्ष, औषधि, पानीको व्यवस्था गरी मद्दत गर्नुपर्छ भन्ने संस्थाका सोनाली यादवले जानकारी गराएका थिए। महिनावारी हुँदाका समय अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने, आलस्यता आउने, थकानका साथै वाकवाक लाग्ने र भमिटसमेत हुने हुन्छ। यस्तो अवस्थामा स्वास्थ्यका दृष्टिकोणले तातोपानीले सेक्ने, पोसिलो खाना खाने र आराम गर्ने गर्नुपर्छ। साथै कुनै नैरास्यता आउन नदिन परिवारको सहयोगको खाँचो हुने अनिकेट रोयले बताउनुभयो।

 

संस्थाका अध्यक्ष चाैधरीले यस्ता कार्यक्रमले समाजमा राम्रो असर गरेको भन्दै यस्ता कार्यक्रमहरु क्लबका टिमले आगामी दिनमा पनि निरन्तर जारी राख्ने, उक्त कार्यक्रममा रोशन कुशवाहा, सुरेश मण्डल लगायतकाले सहजीकरण गरेको अध्यक्ष चाैधरीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै