घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

माओवादी केन्द्रले दिने प्रधानमन्त्री देउवालाई विश्वासको मत

 ३ श्रावण २०७८, आईतवार  

काठमाडौं।  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको हलमा आइतबार (आज)  बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।

गत असार २८ गतेको सर्वोच्चको निर्णयपछि प्रधानमन्त्री बनेका देउवाले आजै विश्वासको मत लिँदैछन्। देउवाको प्रधानमन्त्रीत्व कायमका लागि १३६ जना सांसदको समर्थन चाहिन्छ। जसमा सिधा रुपमा हेर्दा देउवाको साथमा १५३ सांसद छन्। तर, विपक्षी एमालेभित्र भने किचलो बढ्न थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै