बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

देउवालाई विश्वासको मत दिदैन : योगेश भट्टराई

 ३ श्रावण २०७८, आईतवार  

काठमाडौं ।  माधव नेपाल पक्षका सांसद योगेश भट्टराईले देउवालाई विश्वासको मत नदिने भएका छन्। आइतबार देउवाले संसदमा विश्वासको मत माग्दा उनको पक्षमा मतदान नदिने निर्णय भट्टराईले गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

ओलीका कदमको विरुद्ध भट्टराईले माधव नेपाललाई साथ दिए पनि देउवालाई प्रधानमन्त्री बनाउने कुरामा भने साथ दिएका छैनन्। देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै राष्ट्रपति समक्ष पेश गरको दावीमा पनि योगेशले हस्ताक्षर गरेका थिएनन्। प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गरी सर्वोच्च अदालतमा १४६ सांसदले रिट दायर गर्दा पनि उनले साथ दिएका थिएनन्।

भट्टराई माधव नेपालको साथ छाडेर ओलीको साथ गएको भनी बेला बेलामा चर्चा भएपनि उनी नेपाल पक्षमा रहँदै आएका छन्। सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दा भट्टराईले त्यसलाई स्वागत गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्। संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको देउवाले संविधानको धारा ७६ को उपधारा ६ अनुसार विश्वासको मत लिन लागेको हो।

देउवालाई कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले विश्वासको मत दिनेछन्। प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दा र सर्वोच्च अदालतमा रिट दायर गर्दा पनि साथ दिएको एमालेको माधव नेपाल पक्षका सांसदहरुले पनि देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै