‘सुरक्षा थ्रेट’ भित्र माधवकुमार नेपाल
न्युज डेस्क
३ श्रावण २०७८, आईतवार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘सुरक्षा थ्रेट’ भएको छ। अहिले नेपाल र नेपाल निकट नेताहरुले सुरक्षा थ्रेट महशुस गरिरहेका छन्। युवा संघले युथ फोर्स बनाएर नेपाल र नेपाल निकट नेताहरुविरुद्ध अभिव्यक्ति दिइरहेका बेला नेपाललाई ‘सुरक्षा थ्रेट’ बढेको हो ।
सुरक्षा निकायले यो विषय जानकारीमा लिएको जनाएको छ।
केही दिनदेखि नेपालमाथि आफ्नै पार्टीमा युवा संघका कार्यकर्ताहरुले फाँसी दिनुपर्ने भन्दै पुत्ला जलाएको र माधव नेपालको घर घेर्ने भनेपछि उनको सुरक्षामा थ्रेट भएको हो।
स्रोतका अनुसार शनिबार साँझ फेन्च राजदूतसँगको भेटघाटपछि घर फर्कने क्रममा नेता नेपालको घर वरिपरी शंकास्पद व्यक्तिहरुको चहलपहल रहेको र उनीहरु लामो समयसम्म त्यही रहेको देखिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै