बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सत्ता पक्षको कुर्सीमा बस्ने जसपाको निर्णय

 ३ श्रावण २०७८, आईतवार  

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले संसद्मा सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ। शनिवार बसेको बैठकले भोलिदेखि सुरु हुने संसद्को बैठकमा सत्तापक्षमा बस्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। यसअघि जसपा विपक्षीको बेञ्च बस्दै आएको थियो।

दुई खेमामा विभाजित जसपाको यादव पक्षको शनिवार बसेको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएका छन्। ओली सरकार ढल्नु अघिसम्म ३२ जना सांसदमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद थिए भने उपेन्द्र यादवको पक्षमा १२ जना मात्र थिए। अहिले उनको पक्षमा १९ जना सांसद पुगेको दाबी गरिएको छ।

सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले महन्थ ठाकुरको पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाललगायतका सांसदहरू उपेन्द्र यादवको पक्षमा आएको बताए। उनले अझै केही सांसदहरू उपत्यका बाहिर रहेको कारण बैठकमा आउन नसकेको र चार जना सांसद अझै सम्पर्कमा रहेको दाबी गरे।

यता, महन्थ ठाकुर पक्षले भने हिजै आफ्ना सांसदहरू विपक्षमा बस्ने निर्णय गरिसकेको छ। एमालेका साथमा विपक्षमा बस्ने निर्णय गरेसँगै संसदमा कसरी प्रस्तुत हुने विषयमा आजै महन्थ ठाकुर समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवासमा छलफल गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै