बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बाघको आक्रमणबाट १ जनाको मृत्यु

 ३ श्रावण २०७८, आईतवार  

बाघको आक्रमणबाट ठाकुरबाबानगरपालिका–६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापाको मृत्यु भएको छ।  शनिबार थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको स्रोतले जनाएको हो ।

 

थापा घर नफर्केपछि खोजतलास सुरु गरिएको थियो । अस्थाई प्रहरी पोष्ट बकुवाबाट प्रहरी टोली, राष्ट्रिय निकुञ्जबाट ८ जना ३ वटा हात्ती सहितको टोली  र स्थानीय खोजतलासमा खटिएका थिए ।

 

खोजतलास गर्ने क्रममाआईतबार बिहान ८ बजे शव फेला परेको हो। ओरहीपुल देखि ५ सय मिटर तलखोलाबाँधनजिकशव फेला परेको हो। गर्दनको मासु खाएको शव छेदविच्छेद अवस्थामा भेटिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै