बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

माओवादी केन्द्र, एमाले माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चाले मत दिने

 ३ श्रावण २०७८, आईतवार  

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन्।

आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिन दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राखेका प्रस्तावमा छलफल भइरहेको छ।

यसअघि, संसद भवन नयाँबानेश्वरमा बसेको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएको थियो भने विभिन्न अध्यादेश पेश गरिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र जनमोर्चाका सांसदले मत दिने निश्चित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै