सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

‘श्रम शोषण गर्न पाइदैन’ पम्पलेटहरुसहित बाल विकास शिक्षकहरुको प्रदर्शन

 ४ श्रावण २०७८, सोमबार  

सुरेन्द्र कुशवाहा, इनरुवा ।  सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले हिजो आइतबार धर्ना दिएको छ ।

 

कर्मचारीहरुले गाउ पालिकाको गेट अगाडि आफनो पारिश्रमिक तलब कायमका लागि धर्ना दिएको हो। केन्द्र सरकारले ८” हजार र स्थानीय सरकार बाट ७ हजार गरि जम्मा १५ हजार श्रमिकका तलब निर्णय कार्यान्वयन नगरेको भन्दै पालिकाका गेट अगाडि वालबिकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले धर्ना दिएको शिक्षक तथा संघर्ष समितिको संयोजक गोमा दहालले जानकारी दिनु भएको थियोे ।

“संघीय सरकारले तोकेको न्युनतम परिश्रमीक कायम गर” बाल विकास शिक्षक र विद्यालय कर्मचारीको मासिक रु. १५ हजार कयम गर, श्रम शोषण गर्न पाइदैन , कार्यपालिका सदस्य कहाँ छन , बाल शिक्षक कर्मचारी यहाँ छन ,शिक्षक एकता अमर रहुन , आफनो हक अधिकारका लागि लडिरहेका हौ,कसैको भाग खोसैका होइनौ , भन्दै लेखिएका पम्पलेटहरु सहित प्रदर्शन गरेका थिए । यो विषयमा पालिकाका कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता सङ्ग बुझदा धर्ना विषयमा हामीले तत्काल केही गर्न सकिदैन।मिटिङ्ग बसेर पछी मात्रै केहि निर्णय हुने कुरा बताए ।

 

उक्त धर्ना कार्यक्रममा नेपाली काङ्ग्रेसका गाउँपालिकाका प्रत्याशी उमेदवार अजमल अजादले शिक्षक कर्मचारी हरुको माग जाइज हो। यस माग लाई पालिकाले सम्बोधन गरि कार्यान्वयन गर्नु पर्छ । भन्ने प्रतिबद्धता जनाउनु भएको थियोे । धर्ना कार्यक्रम विहान १० बजे देखि लियेर अबेर ४ बजे सम्म दिइएको थियोे । सो कार्यक्रममा जम्मा ५९ जना बाल विकास तथा विद्यालय शिक्षककर्मचारी हरुको उपस्थिति रहेको थियो । हाम्रो माग पूरा नहुन्जे सम्म हामी शिक्षक कर्मचारी साथीहरूले धर्ना तथा प्रदर्शनका कार्यक्रमहरु गरिरहने शिक्षक सीता मेहताले बताएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै