बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ओलीका सांसदले दिए देउवालाई मत, अध्यक्ष ओलीले पाए धोका

 ४ श्रावण २०७८, सोमबार  

काठमाडौं।  कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्मा विश्वासको मत लिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा) र एमालेका २२ सांसदको साथ पाएका देउवाको पक्षमा १६५ मत खसेको छ। देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरेका छन्। मतदानमा सहभागी २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो भने विपक्षमा ८३ जनाले हस्ताक्षर गरेका हुन्।

सहभागीमध्ये एक सांसदले मत दिएनन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिएका हुन्।

देउवालाई विश्वासको मत दिने विषयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भए पनि एमाले अध्यक्ष केपी ओली समूहका केही सांसदले विश्वासको मत दिएका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो ।

नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो। संघीय संसदको यो नै पहिलो फ्लोर क्रस हो। यसअघि कर्णालीमा माओवादी केन्द्रका मूखयमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए। देउवालाई विश्वासको मत दिने एमाले सांसदमा वरिष्ठ नेता नेपालसहित ओली समूहका पूर्वमन्त्री प्रेमबहादुर आलेसम्म रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै