सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

पाकिस्तानबाट प्रधानमन्त्री इमरान खानले दिए प्रधानमन्त्री देउवालाई बधाई

 ४ श्रावण २०७८, सोमबार  

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री खानले बधाई दिएका हुन् ।

दुवै देशकाे मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन र आपसी हितका मुद्दामा हामी मिलेर अघि बढ्ने छाैँ । प्रधानमन्त्री खानले देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध झन् मजबुत र सुमधुर हुने अपेक्षा गरेका छन् ।

 

प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभाको बहुमतले आइतबार विश्वासको मत दिएको थियो । सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेको पहिलो दिनको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै